नियम ३२
मेलमिलापकर्ताको सूची अद्यावधिक गर्ने
: (१) नियम ३१ को उपनियम (२) बमोजिमको समितिले प्रत्येक वर्ष मेलमिलापकर्ताको सूची अद्यावधिक गर्नु पर्नेछ।
(२) उपनियम (१) बमोजिम मेलमिलापकर्ताको सूची अद्यावधिक गर्दा देहायको अवस्थामा मेलमिलापकर्ताको नाम सूचीबाट:हटाइनेछ:-
(क) मृत्यु भएमा,
(ख) आफ्नो नाम सूचीबाट हटाई पाउँ भनी निवेदन दिएमा,
(ग) इजलासले सूचीबाट हटाउने आदेश दिएमा, (घ) भ्रष्टाचार, जबरजस्ती करणी, मानव बेचबिखन तथा ओसार पसार, लागू औषध बिक्री वितरण तथा: ओसार पसार, सम्पत्ति शुद्धीकरण, वन्यजन्तुको ओसार पसार, सङ्गठित अपराध, राहदानी दुरुपयोग; अपहरण सम्बन्धी कसूर वा नैतिक पतन देखिने अन्य फौजदारी कसूरमा अदालतबाट दोषी ठहर भएमा,
(ङ) सूचीकृत: भएको संस्था खारेज वा विघटन भएमा।
(३) मेलमिलापकर्ताले मेलमिलाप सम्बन्धी कानून, यस नियमावली तथा मेलमिलाप परिषद्ले जारी गरेको आचार संहितामा उल्लिखित आचरण विपरीतको कार्य गरेको ठहरेमा निजको नाम मेलमिलापकर्ताको सूचीबाट हटाइनेछ।
तर यसरी कुनै- मेलमिलापकर्ताको नाम सूचीबाट हटाउनु अघि सम्बन्धित मेलमिलापकर्तालाई सो विषयको जानकारी दिनु पर्नेछ।
(४) उपनियम (२) वा (३) बमोजिम मेलमिलापकर्ताको सूचीबाट नाम हटाइएमा अदालतले सो सम्बन्धी सूचना प्रकाशन गर्नु पर्नेछ।